जग्दम्बा सिमेन्ट र निर्माण बिज्ञ भेट

काठमाडौ । निर्माणबिज्ञसंग जगदम्वा सिमेन्टले भेटघाट कार्यक्रम गरेको छ । जग्दम्बा सिमेन्टले चरिकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनिएर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । ‘तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टे’ भन्ने मूल नारालाई आत्मसाथगर्दै संरचना भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण सम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञसँगको परामर्श, कुश लजनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक एवं इन्जिनियर सुनिल पौडेलले बताएका थिए । भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचना निर्माणमा अपरिहार्य रहेको छ भन्ने कुराप्रष्ट पार्दै त्यस्ता जन चेतनामूलक कार्यक्रम नेपालका अन्य सहरमा गर्दै जाने प्रतिवद्धता कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले व्यक्त गरेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया