कुमारी बैक र सिटि कार्गो सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र उपाय सिटी कार्गो प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ । सम्झौता गर्न आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणा, उपाय सिटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी,एफ १ सफ्ट इन्टरनेशनलका विश्वास ढकाल र युके एडअन्तर्गतको सीपका नेपाल प्रमुख बल्जित बोहरा सहभागी रहेका थिए ।

उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको पनि सम्झौतामा उल्लेख छ ।

सहकार्य अन्तर्गत बैंकले उपायका ड्राइभर पार्टनरलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआई पेमेन्ट अप्सन्स लगायतका थप सेवासुविधा प्रदान गर्ने बताएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया