तामागढी–सिम्रौनगढ हुलाकी सडक उदघाटन

बारा । बाराको कोल्हबी नगरपालिकाको सिमाना तामागढी देखि सिम्रौनगढ हुलाकि सडकको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच कोल्हबी नगरपालिका नप्रमुख भरतबहादुर भण्डारी र हुलाकी सडक डि दरोगा साहले सयुक्त रुपमा उदघाटन गरे । ३०औं बर्ष देखिको विकास निर्माणको सपना साकार भएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्मित हुलाकी राजमार्ग अन्तर्गत तामागढी देखि सिम्रोनगढ सम्मको ३९.७५ किमि सडक जनतालाई समर्पित गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष बिरेन्द्रप्रसाद चौधरी, वडा ७ का वडाध्यक्ष बिरेन्द्रप्रसाद चौधरी, वडा ९ का वडाध्यक्ष योगेश चौधरी, अनुपदिपनी माध्यमिक बिद्यालयका पूर्व प्रार्चाय केवल प्रसाद चौधरी र समाजसेवी कालिका भण्डारीको उपस्थिति रहेको थियो । त्यस्तै, स्वास्थ्य संयोजक मोहम्द साबिर, सपही कलेजको सञ्चालक समितिको अध्यक्ष रामप्रसाद चौधरी लगायत समाजसेवी बुद्धिजीवी स्थानिय राजनितिक दल लगायत स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया