कांग्रेस सांसद बडुको प्रश्न, ‘प्रधानमन्त्री संसद बैठकमा नआउनुको कारण के ?’

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले संसद् बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको जवाफ माग गरेका छन्। उनले प्रधानमन्त्री सुरक्षा खतराको कारण कि नैतिक खतराको महसुस भएकोले बैठकमा नआउनुभएको हो भन्दै प्रश्न पनि गरेका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीजस्तो व्यक्तिले देशको सुरक्षामाथि प्रश्न उठ्नेगरी गैह्रजिम्मेवार र असत्य अभिव्यक्ति दिएकोप्रति आपत्ती पनि जनाएका छन्।

प्रतिक्रिया