खोजखबर

अखिल क्रान्तिकारीद्धारा नेपालस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन

सौर्य अनलाइन २०७७ चैत १८ गते १३:०६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृसंस्था अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ । म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्र सहित दूतावास अगाडि प्रदर्शन गरेको हो । अध्यक्ष रंजीत तामाङले जारी गरेको ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ५ सय भन्दा धेरैको हत्या भएकोमा आपत्ति प्रकट गरिएको छ ।

माघ १९ गतेको ‘सैन्य कू’ पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय