पाँच खर्बको आयोजनामा मात्रै लगानी

काठमाडौं । लगानी बोर्डले हालसम्म करिब १४ खर्बका आयोजना स्वीकृत गरेपनि कार्यान्वयन चरणमा भने साढे पाँच खर्बका पाँच वटा आयोजना मात्रै रहेको छन । बोर्डका प्रमुख कार्याकारी अधिकृत (सीईओ) शुशील भट्टले परियोजना निर्माण चरणमा नै गइसकेका, केही आयोजना आउने तयारीमा रहेका देखि कार्यान्वयनको चरणमा रहेको आयोजनाको संख्या पाँच वटा मात्रै रहेका छन । यी आयोजानामा अरुण ३, होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट, अपर माथिल्लो कर्णाली हाइड्रोपावर र भेन्चर वेष्ट टु इनर्जी रहेको छ । निर्माण चरणमा गएको अयोाजनामध्ये सबैभन्दा ठूलो र बहुचर्चित आयोजना संखुवासभामा निर्माण हुँदै गरेको ९ सय मेगावाटको अरूण–३ हो । बोर्डले अगाडि बढाएका यो योजनामा सन २०२० मै एक खर्ब ४४ अर्ब रुपैयाँ लागत स्वीकृत भएको थियो । अरुण ३ हाइड्रोपावर प्रोजेक्ट एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले विकास गरिहेको छ ।

यस आयोजनाबाट नेपालले २१ दशमलब ९ प्रतिशत निःशुल्क ऊर्जा पाउने छ । यो आयोजनाले ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ । सरकारले यो आयोजनालाई निर्माण सञ्चालन र स्वामित्व हस्तान्तरण मोडलमा निर्माण गर्न दिएको थियो । यसले २५ वर्षपछि सरकारलाई नै हस्तान्तरण हुने छ । लगानी बोर्डले अगाडि बढाएको अर्को आयोजना होङ्सी सिमेन्ट हो । यो उद्योग नवलपरासीमा छ । हङकङ रेड लायन र शिवम् सिमेन्टकोे संयुक्त लगानीमा निर्माण भएको हो । यसमा होङ्सीको ७० र शिवमको ३० प्रतिशत लगानी रहेको छ । उद्योगलाई क्लिङकरमा आधारित उद्योगको रूपमा वर्गीकरण गरिएको छ ।

बोर्डले अगाडि बढाएको योजना धादिङमा सञ्चालनको तयारी भइरहको हुवासिन सिमेन्ट हो । चिनियाँ लगानीकर्ताले निर्माण गरिरहेको यो आयोजनाको कुल लागत १४ अर्ब रुपैयाँ छ । यो पनि क्लिङकरमा आधारित उद्योग हो । यसको क्षमता प्रतिदिन तीन हजार मेट्रिकटन रहेको छ ।

हाइड्रो पावर प्रोजेक्ट अन्र्तगत अछाम, दैलेख र सुर्खेतको सीमानामा रहेको यो अपर कर्णाली हाइड्रोपावर पनि लगानी बोर्डले नै प्रवद्र्वन गरिरहेको छ । यो आयोजना एक खर्ब १६ खर्ब रुपैयाँ लगातमा निर्माण भैरहेको छ । कार्यान्वयनको चरणमा रहेको यो अयोजनाको विद्युत् उत्पादन क्षमता ९ सय मेगावाट रहेको छ । यो आयोजनाको विकासकर्ता भारतको जीएमआर हो । यसले यो आयोजनाले पनि तीन हजार जनालाई प्रत्यक्ष रोजगारी दिने छ भने बुट बोडलमै निर्माण भएकोले निर्माण सम्पन्न भएर सञ्चालनमा आएको २५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने भएको लगानी बोर्डले बताएको छ ।

लगानी बोर्डले प्रवद्र्धन गरेर निर्माणको चरणमा रहेको सुनसरी, धरानको भेन्चर वेष्ट टु इनर्जी हो । यो वायोग्यास टेक्नोलोजीमा आधारित आयोजना हो । यस्को लागत २४ करोड ८५ लाख रुपैयाँ रहेको छ । लगानी बोर्डमार्फत अध्ययन भइरहेको आयोनजामा अपर मस्याङ्दी २ हाइड्रोपावर, मुक्तिनाथ केवलकार, डोल्म फण्ड म्यानेजमेन्ट, भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्लि प्लान, सिमरा सेज, प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फ्यासिलिटी, चाइना नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क, मल्टिमोडल लजेष्टिक पार्क रहेका छन् ।

प्रतिक्रिया