गायक राईको सफलता

काठमाडौं । गायक पदम राई र गायिका मेलिना राईको आवाज रहेको ‘पछि पछि लागेर’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो सार्वजनिक भएको छोटो समयमै करोड क्लब नाघ्न सफल भएपछि केन्द्र मोशन पिक्चर्सले गायक पदमको दोस्रो गीत ‘के गुलियो छ र शखर चिनी’ लाई आफ्नै लगानीमा भिडियो निर्माण गरी सार्वनजिक गरेको थियो । ‘के गुलियो छ र शखर चिनी’ ले पनि सार्वजनिक भएको छोटो समयमा अत्याधिक दर्शक, स्रोताको माया पाउन सफल भएको छ । यो गीतले गायक राईलाई वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले हालै राजधानीमा आयोजित ‘हिमालयन इन्टरनेसनल अवार्ड २०२१’ बाट पुरस्कृतसमेत गराएको छ । गीतलाई सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोगकर्ताले भिडियो बनाएका छन् ।

गीतको भिडियोलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको छन् । ‘पछि पछि लागेर’ को भिडियोमा पुष्प खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ । त्यसैगरी ‘शखर चिनी’ को भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र कार्टुन कृयुका कलाकारको अभिनय छ । गायक पदमको हालै सार्वजनिक भएको ‘यसो हेरे पुर्वतिर’ ले पनि सफलता बटुलिरहेको छ भने ‘जागिर खान्छु सरकारी अड्डामा’ बोलको गीत सार्वजनिक हुनेक्रममा छ । एकपछि अर्को सफलता हासिल गरिरहेका गायक राई देश, विदेशमा हुने सांगीतिक कार्यक्रममा व्यस्त हुने गायकमध्येमा पर्दछन् ।

प्रतिक्रिया