नेपालले जित्याे अन्तराष्ट्रिय फुटबलको उपाधि

काठमाडौं । नेपालले आफ्नै भूमिमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेकाे छ। सोमबार राजधानीको दशरथ रंगशालामा आयोजित थ्री नेसन्स कपको उपाधि जितेकाे हाे । थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको छ । सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए।

खेलकाे ४२औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे । सन्जोगले मिलाएको पासमा विशालले बंगलादेशी गोलरक्षकसँग वान भर्सेस वानको पासमा गोल गरेका थिए । ८३औं मिनेटमा परिवर्तित खेलाडी मेहबरर रेहमानले एक गोल फर्काएका थिए। कप्तान जमल भुयाँको कर्नरमा रहेमानले हेडिङ गोल गरेका थिए ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो। बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा पुगेका थिए। १९औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो। त्योसँगै नेपालले विगत ७ खेलमा रहेको गोल खडेरी समेत तोड्यो । २०१९ को सप्टेम्बरयता भएका ७ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतिक्रिया