बाबुराम भट्टराई र माधवकुमार नेपाल मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको सरकारले गरेका निर्णयको सक्कल झिकाउन आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउन आदेश जारी गरेको हो ।

अग्राधिकारप्राप्त उक्त रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो ।

प्रतिक्रिया