बर्दियामा बाघको आक्रमण परि खेतमा पानी लगाउन गएका एकजना घाईते

काठमाडौं । बर्दियाको गेरुवा गाउँपालिका १ जनकनगर बस्ने बर्ष ३५ को चुला राम थारुलाई बाघले आक्रमण गरी घाईते बनाएको छ । घरबाट ३०० मिटर पुर्व दक्षिणमा रहेको धान खेतमा पानी लगाउन भनि गएको बेलामा बाघले आक्रमण गरेको हो ।

ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाका कार्यालय प्रमुख नवराज केसीको कमाण्डमा ५ जनाको टोलीले उनलाई उद्धार गरी उपचारको लागी एम्बुलेन्स द्वारा नर्सिङ होम नेपालगंज पठाईएको छ । घाईते थारुको टाउको, गर्दन र ढाडमा गम्भिर चोट रहेको भएपनि बोल्न सक्ने अबस्थामा रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया