खोजखबर

सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी

सौर्य अनलाइन २०७७ चैत १६ गते ९:३१ मा प्रकाशित

काठमाडाैं । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धकाे संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेकाे छ। राउतकाे घर पत्ता नलागेकाे भन्दै जिल्ला अदालतले गाेरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेकाे हाे । राउत विरुद्धकाे मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्ताे सूचना जारी गरेकाे हाे। सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएकाे थियाे। जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेकाे छ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय