एटमले ल्याए ‘प्रिय मौनता’

काठमाडौं । कवि तथा समालोचक नेत्र एटमको नवीतम कवितासंग्रह ‘प्रिय मौनता’ बजारमा आएको छ । लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील एटमको यो पहिलो कवितासंग्रह हो । यस संग्रहका कवितालाई कविले ‘उपसना कविता’ भनेर उपनाम दिएका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस संग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता संग्रहित रहेका छन् ।

पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए । त्यस्तै दोस्रो सत्र अन्र्तगत प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए । शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ३५० रहेको छ ।

प्रतिक्रिया