जेसीबीको नयाँ मेसिन सार्वजनिक

काठमाडौं । जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ । नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन ।

जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध छ । यस नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट ¥याम जडित सिंगल बुम जस्ता फिचर छन । यसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्छ ।

यसमा इन्जिनलाई साइडमा सारिएको छ । जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउँछ । त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पनि पछाडि सारिएको छ । यसले मेसिनको सन्तुलनलाई राम्रो बनाउने अपेक्षा गरिएको छ । यस नयाँ मेसिनमा ‘क्विक हिच’ रहेको छ । यसले बकेट परिवर्तन गर्न र एट्याचमेन्ट परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया