नबिल बैकलाई ‘एक्सिलेन्स एक्सपेरियन्स’ अवार्ड

काठमाडौं । नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ ।कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले बताएको छ ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो । बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंकद्धारा पुरस्कृत गरेको थियो । सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकको १ सय १९ शाखा, १ सय ८५ एटिएम, १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको छ पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया