चुली कपमा नेपाल आर्मीको विजयी शुरुआत

सुर्खेत । कर्णाली प्रदेशमै सर्वाधिक पुरुस्कार राशिको प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नेपाल आर्मीले विजयी शुरुआत गरेको छ । बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३–१ को सेटमा हराउँदै पहिलो जित दर्ता गराएको हो । आर्मीले पहिलो सेटमा सल्यानलाई २५–२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५–२२ ले पछि पार्दै खेल बराबरीमा पु¥याउन सफल भएको थियो । आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५– १९ र २५– २२ मा पाखा लगाउँदै दुई अंक जोड्न सक्यो ।

प्रतियोगितामा कर्णालीसहित अन्य प्रदेशका गरेर ८ टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा १२ गते पाँच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख ५० हजार पाउने आयोजक संस्था चुली यूवा क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिए । यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।

यस्तै तेस्रोले १ लाख, चौथो हुने टोलीले ५० हजार रुपैयाँ र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । बुधबारबाट सुरु भएको प्रथम चुली कप उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलाडी उत्पादनका लागि प्रत्येक स्थानीय तहमा प्रतियोगिता राखेर खेलाडी छनोट गरिने बताए ।

प्रतिक्रिया