अर्थबजार

आइतबारदेखि विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने

सौर्य अनलाइन २०७७ चैत ११ गते २१:०८ मा प्रकाशित

काठमाडौं । आइतबारदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । विमानस्थलका अनुसार आइतबारदेखी राती साढे १२ बजेपछिका उडानहरु हुने छैनन् ।

हाल विमानस्थल २१ घण्टा चलिरहेको छ कोरोनाको कारण अब ३ घण्टा उडान अवधी कम गर्न लागेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए ।

भारतमा कोरोना बढेसँगै नेपालमा पनि यसको जोखीम रहने भएका कारण र अन्तराष्ट्रिय उडानहरु पनि प्रत्यक्ष प्रभावित हुने भन्दै विमानस्थलले उडान अवधी घटाएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय