एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी बीच सेवा प्रवाहमा सम्झौता भएको छ । बैंकका सबै भिसा डेबिट कार्ड बाहक ग्राहकलाई लक्षित गरी सिद्धार्थ हस्पिटालिटी गुप्रका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्न सम्झौता गरिएको हो ।

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत रिजवान आलम तथा हस्पिटालिका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया