स्वावलम्बन लघुवित्तको १९औँ साधारण सभा

काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सभाले आ.व. २०७६÷७७ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । चालु आर्थिक बर्षको पौष मसान्तसम्म ६१ जिल्लाका १ सय ४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहेका कर्जा रकम १६ अर्व ५५ करोड २५ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा १० अर्व १० करोड ०५ लाख १७ हजार रुपैया रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । सभाले जारी तथा चुक्ता पूँजी ९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको पनि विज्ञप्तिमा उल्ल्ेख छ ।

प्रतिक्रिया