चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा !

काठमाडौं । चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुग्ने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत भृकुटीमण्डपमा विशेष समारोहबीच मेलम्चीको पानी घर घरमा पुर्याउने कार्यक्रमको उद्घाटन गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका उच्च ओहदाका व्यक्तिहरु समारोहमा सहभागी हुनेछन् ।

आज खानेपानीमन्त्री मणिचन्द्र थापाले भृकुटीमण्डपमा चैत्र २७ को विशेष कार्यक्रमको तयारीबारे नीरिक्षण गरेका छन् । उनले मेलम्चीको पानी घर घरमा पुर्याउने पहिलो कदमलाई भव्य बनाउने समारोहको तयारीबारे मन्त्रालयका कर्मचारीसहित नीरिक्षण गरेका हुन् ।

मेलम्चीको पानी सुन्दरीजलमा खसालिसकिएको छ । तर, अझै पाइपलाइनबाट घर घरमा पुर्याइएको छैन । चैत्र २७ गतेबाट घर घरमा पुर्याउने तयारी भएको छ ।

प्रतिक्रिया