रोनाल्डो अर्काे कीर्तिमान नजिक

लण्डन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अर्काे कीर्तिमाननजिक पुगेका छन् । अन्तर्राष्ट्रिय ब्रेकमा पोर्चुगलले युरोपियन विश्वकप छनोटमा तीन खेल खेल्दैछ । उक्त तीन खेलमा गोल गर्न सके रोनाल्डो बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् । ३६ वर्षीय रोनाल्डोले १०२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी इरानका अली दाईभन्दा ७ गोलले मात्रै पछि छ । अली दाईले १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

पोर्चुगलले विश्वकप छनोटमा २४ मार्चमा अजरवैजान, २७ मार्चमा सर्विया र ३० मार्चमा लक्जेमवर्गसँग प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलभन्दा तुलनात्मक रुपमा कमजोर रहेका कारण इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले सबै तीन खेलमा गोल गर्ने सम्भावना छ । सन् २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा काजकस्तानविरुद्धको खेलबाट डेब्यु गरेका रोनाल्डोले यसै साता नै अली दाईको कीर्तिमानलाई तोड्ने सम्भावना छ । रोनाल्डोले १२ जुन २००४ मा युरोपियन च्यापियनसिपमा ग्रीसविरुद्ध पहिलो गोल गरेका थिए । उनले १४ अगस्ट २००२ मा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट पहिलो व्यवसायिक गोल गरेका थिए ।

रोनाल्डोको गोल गर्ने क्रम अझै पनि रोकिएको छैन । उनले २०१९ मा सबैभन्दा धेरै १४ अन्तर्राष्ट्रिय गोल गरेका थिए । गतवर्ष रोनाल्डोले ६ खेलमा तीन गोल गरेका थिए । रोनाल्डोको मुख्य लक्ष्य गोलसँगै आफ्नो कप्तानीमा टोलीलाई कतार विश्वकप २०२२ मा छनोट गराउने हुनेछ ।

प्रतिक्रिया