चलेनन् चलचित्रमा नेपाल सुन्दरीहरू

नरेन्द्रमान श्रेष्ठ

झरना बज्राचार्य चलचित्रमा नायिका भएर प्रवेश गर्ने पहिलो नेपाल सुन्दरी हुन् । मिस वल्र्ड नेपाल सन १९९७ कि नेपाल सुन्दरी झरनाले पहिलोपल्ट चलचित्र ‘हतियार’मा नायिका भएर अभिनय गरेकी हुन् । नेपाली चलचित्र ‘हतियार’पछि केही चलचित्रहरूमा नायिका भएर अभिनय गरेकी नायिका बज्राचार्यले बलिउड चलचित्र ‘लभ इन नेपाल’मा पनि अभिनय गरेकी थिइन् ।

 

नेपाल सुन्दरीहरू चलचित्रमा नायिका भएर देखा परिरहेका छन् । जसमध्ये सबैभन्दा पछिल्लो समयमा चलचित्रमा प्रवेश गरेकी नेपाल सुन्दरी हुन्, ‘निकिता चण्डक ।’ नेपाल सुन्दरी चण्डक चलचित्र ‘साङलो’मा नायिका भएर देखापरेकी छन् । चण्डकले विगतका चर्चित नायक विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘साङलो’ मार्फत आफूलाई नायिकामा डेबु गराएकी हुन् । तर, चलचित्र साङ्लो व्यापारको हिसाबले सफल हुन सकेन भने चण्डक अरू चलचित्रहरूमा देखा परेकी छैनन् ।

नेपाल सुन्दरीहरू मध्ये चण्डक मात्र चलचित्रमा नायिका भएर देखापरेकी छैनन्, चलचित्र क्षेत्रमा थुप्रै नेपाल सुन्दरीहरूले नायिका भएर अभिनय गरिसकेसका छन् । तर, नेपाल सुन्दरीहरू एकपछि अर्को चलचित्रमा देखापर्न सकिरहेका छैनन् । नेपाल सुन्दरीहरू चलचित्रमा असफल भए भन्दा फरक नपर्ला । नेपाल सुन्दरीहरू रहर र शोखका लागि वा लोकप्रियताको फाइदा लिनको लागि मात्र चलचित्रमा अभिनय गरेको जस्तो मात्र देखिन्छ । नेपाल सु्नदरीहरू व्यावसायिक हिसाबले आफ्नो क्यारियर अगाडि बढाउने सोचबाट चलचित्रमा प्रवेश गरेको देखिँदैन । चलचित्रमा नायिका बन्नका लागि शारीरिक सुन्दरता मात्र भएर पनि पुग्दैन । अध्ययन, तालिम, अभिनय क्षमता पनि आवश्यक पर्दछ । सायद यही कारणले नेपाल सुन्दरीहरूले चलचित्र क्षेत्रलाई बोक्न नसकेका हुन कि ?

त्यसो त कलिउडमा मात्र नभई बलिउडमा पनि सुन्दरीहरूको प्रवेश देखिन्छ । मिस वल्र्ड, मिस युनिभर्स, आदि भारतीय सुन्दरीहरूले बलिउडमा नायिका भएर अभिनय गर्ने गरिरहेका छन । केही भारतीय सुन्दरीहरूले हलिउडमा समेत आफूलाई नायिकामा स्थापित गरिसकेका छन् । तर कलिउडमा भने नेपाल सुन्दरीहरूले आपूmलाई स्थापित गर्न सकिरहेका छैनन् । चलचित्र क्षेत्र भनेको पनि ग्ल्यामरको क्षेत्र हो । यसमा लागिपरेर सफल भएमा दाम कमाउन सकिन्छ भन्ने पनि कतिपयको भनाइ छ । यस कारणले पनि चलचित्र क्षेत्रमा नेपाल सुन्दरीहरू मात्र नभई थुप्रै युवायवतीहरूको चलचित्र क्षेत्रमा आकर्षण देखिएको छ । कतिपयले त आफैँले लगानी गरी चलचित्रमा प्रवेश गरिरहेका छन् । नायक तथा नायिका बन्नकै लागि आफँैले चलचित्र निर्माण निर्देशन गर्ने गरिरहेका छन् । कतिपयले रहर र शौखले सेलिब्रिटी बन्नका लागि मात्र पनि चलचित्रमा लगानी गर्ने गरिरहेका छन् ।

चलचित्र क्षेत्रलाई उद्योगको रूपमा पनि लिइने गरिएको छ । हामीले भन्दा पनि चलचित्र उद्योग भनेर भन्ने गरिरहेका छौँ । चलचित्र क्षेत्र भनेको पेसा व्यवसाय पनि हो । चलचित्र क्षेत्र पछिल्लो समयमा व्यावसायिक रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समयमा नेपालमा पनि थुप्रै चलचित्रहरू निर्माण भइरहेका छन् । तैपनि चलचित्रले सोचे अनुरूप व्यापार भने गर्न सकिरहेका छैनन् । प्रदर्शन भएका अधिकांश चलचित्रहरू व्यापार व्यवसायको हिसाबले असफल हुने गरिरहेका छन् । धेरैजसो लगानीकर्ताहरू डुबेका छन् । लगानीकर्ताहरू किन डुबिरहेका छन्, भन्ने बारेमा अध्ययन गर्नुपर्ने देखिन्छ । ‘कतै हामीले दर्शकहरूको रुचि अनुसारको चलचित्र त निर्माण गर्न नसकिरहेको त होइन ? हामीले निर्माण गर्ने गरेका चलचित्रहरू दर्शकहरूले सोचे अनुसारको कल्पना गरे अनुसारको विपरीत त भइरहेको छैन ? कतै हामीले चलचित्रहरू बनाउँदा विदेशी चलचित्रहरूको ठाडै नक्कल गरिरहेका त छैनौँ ?’ भन्ने कुरा निर्माताहरूले सोच्नु जरुरी छ । चलचित्र निर्माण गर्दा दर्शकहरूको रुचिको विषयलाई ध्यानमा राख्नु पहिलो सर्त हो ।

कतिपय नेपाली चलचित्रहरूमा विदेशको प्रभाव पर्ने गरिरहेको छ । कतिपयले त विदेशी चलचित्रहरूको सोझै नक्कल गरेको देखिन्छ । चलचित्र देशको हावापानी माटो सुहाउँदो हुनुपर्छ । समाजलाई मनोरञ्जनात्मक तरिकाले केही सन्देश पनि दिन सक्ने पनि हुनुपर्छ भनेर चलचित्रका विज्ञहरूले भन्ने गरिरहेका छन् । अधिकांश दर्शकहरू मनोरञ्जनका लागि चलचित्र हेर्ने गरेको बताउँछन । मनोरञ्जनका अलवा चलचित्रहरूमा केही सन्देशहरू पनि समेट्न सक्नुपर्ने हुन्छ । चलचित्रलाई समाजको ऐना भनेर यसै भन्ने गरिएको होइन ।

झरना बज्राचार्य चलचित्रमा नायिका भएर प्रवेश गर्ने पहिलो नेपाल सुन्दरी हुन । मिस वल्र्ड नेपाल सन् १९९७ कि नेपाल सुन्दरी झरनाले पहिलोपल्ट चलचित्र ‘हतियार’मा नायिका भएर अभिनय गरेकी हुन् । नेपाली चलचित्र ‘हतियार’ पछि केही चलचित्रहरूमा नायिका भएर अभिनय गरेकी नायिका बज्राचार्यले बलिउड चलचित्र ‘लभ इन नेपाल’मा पनि अभिनय गरेकी थिइन् । नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘लभ इन नेपाल’मा अभिनय गरेको कारणले नायिका बज्राचार्यको नेपाल र बलिउडमा निकै चर्चा, परिचर्चा, आलोचना पनि भएको थियो । नायिका झरना पछिल्लो समयमा चलचित्रमा देखा परिरहेकी छैनन् ।

सर्वप्रथम मिस नेपालको प्रतियोगिता सन् १९९४ मा भएको थियो प्रथम मिस नेपाल (नेपाल सुन्दरी) रुबि राणा ह्न् । प्रथम नेपाल सुन्दरी राणाले पनि केही चलचित्र र टेलीचलचित्रहरूमा अभिनय गरेकी थिइन् । टेलिचलचित्र ‘दिनका दिन’, ‘चलचित्र’, ‘जुनिभरिमा’, ‘हँरिया’ आदिमा अभिनय गरेकी थिइन् । त्यसैगरी सन् १९९५ कि नेपाल सुन्दरी सुमी खड्काले पनि चलचित्रमा अभिनय गरेकी थिइन् । नेपाल सुन्दरी खड्काले नायक भुवन केसीकी नायिका भएर चलचित्र ‘सुपरस्टार’ मा अभिनय गरेकी थिइन् । तर, खड्का त्यसपछि चलचित्रमा देखा परिनन् । त्यसैगरी कलिउडमा आइटम डान्स गरी चलचित्र क्षेत्रमा पाइला टेकेकी नेपाल सुन्दरी मलिना जोशीले चलचित्र ‘ऋतु’मा नायिका भएर अभिनय गरेकी थिइन् । नेपाल सुन्दरी जोशीले विभिन्न चलचित्रहरूमा नायिका भएर अभिनय गरेकी हुन् तर पछिल्लो समयमा भने नायिका जोशी चलचित्रमा त्यति देखापरिरहेकी छैनन् । प्रथम नेपाल सन्दरी रुबि राणादेखि निकिता चण्डकसम्मका नेपाल सुन्दरीहरू चलचित्रमा प्रवेश गरिसकेका भए पनि अधिकांश नेपाल सुन्दरीहरू चलचित्रमा सफल हुन सकिरहेका छैनन् भन्दा पनि फरक नपर्ला । उनीहरू चलचित्रमा स्थापित हुन सकिरहेका मात्रै छैनन् , निरन्तरतासमेत दिन सकिरहेका छैनन् । केही नेपाल सुन्दरीहरू त चलचित्र क्षेत्रबाट नै हराइसकेका छन् ।

नेपाल सुन्दरी जेनिशा मोक्तानले पनि चलचित्र ‘मेरो एउटा साथी’मा नायिका भएर अभिनय गरेकी थिइन, तर त्यसपछि नायिका जेनिशा मोक्तानलाई चलचित्रमा देखिएन । एउटा भारतीय हिन्दी म्युजिक भिडियोमा अभिनय गरेर चर्चित भएकी नेपाल सुन्दरी सृष्टि श्रेष्ठले चलचित्र ‘गाजलु’ मा नायक अनमोल केसीकी नायिका भएर चलचित्रमा प्रवेश गरिन् । चलचित्र ‘गाजलु’पछि केही चलचित्रहरूमा अभिनय गरेकी नायिका सृष्टि श्रेष्ठ पछिल्लो समयमा चलचित्रमा देखापरेकी छैनन् । उनी नायक सौगात मल्लसँगको प्रेम प्रसंगको कारणले भने चर्चामा रहेकी छन् । चलचित्र क्षेत्रमा प्रवेश गरेका अधिकांश नेपाल सुन्दरीहरू चलचित्रमा सफल भने हुन सकेको देखिएन भने चलचित्रहरूमा स्थापित त के चलचित्रमा निरन्तरतासमेत दिन सकेका छैन भन्दा पनि फरक नपर्ला । चलचित्रमा नायिका भएर अभिनय गर्ने सबैजसो नेपाल सुन्दरीहरू एक÷दुई चलचित्रहरूमा मात्र सीमित भइरहेका छन् । चलचित्र क्षेत्रमा दिनहुँ नयाँ नयाँ नायिकाहरू देखा परिरहेका छन । यस कारणले नायिकाहरू बीच निम्त्याएको प्रतिस्पर्धाले गर्दा नेपाल सुन्दरीहरू चलचित्रमा जम्न नसकेका हुन् अथवा नेपाल सुन्दरीहरू चलचित्रमा नचलेका हुन् ? सोचनीय कुरा छ ।

प्रतिक्रिया