बैकर्स संघको क्युआर कोड प्रवद्र्धन कार्यक्रम

काठमाडौं । बैंकर्स संघको पहलमा प्रदेश नम्बर २ मा क्युआर कोड प्रबद्र्वन कार्यक्रम गरिएको छ । देशव्यापी रुपमा ‘डिजिटल बैंकिग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरस्थित वाणिज्य बैंकहरुले बिभिन्न मर्चेन्टलाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

स्थानिय ३ सय भन्दा बढी मर्चेन्टलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । सो अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सबैले ‘डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने बताए ।

क्युआर प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउनेमा पनि जोड दिए । जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साह र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष लालकुमार साह पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिए। क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामा झनै उपयोगी सावित पनि उनले बताए ।

प्रतिक्रिया