मणिग्राम र पाल्पामा युनाईटेड फाईनान्स

काठमाडौ । युनाईटेड फाईनान्स लिमिटेडले २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ । मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी र फाईनान्सका सञ्चालक प्रभा पाण्डेले गरेका हुन ।

त्यसैगरी पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र फाईनान्सका सञ्चालक मनिष कुमार खेमकाले संयुक्त रुपमा गरेका हुन । दुबै शाखाले सोमबार देखि नै विधिवत रुपमा बैंकिग कारोवार सञ्चालनमा ल्याएका छन । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ ।

चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी भएको पनि विज्ञप्तिमा उल्लेख् छ । कम्पनीले सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया