अजोड इन्स्योरेन्स र आइएमई अटोमोटिभ्स सम्झौता

काठमाडौ । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालि वीच नगद रहित बिमा दावी सम्बन्धी सम्झौता भएको छ । आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. संग सवारी साधनको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमईका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया