बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । उक्त भेटमा उनले सरकारसँग भएको सहमति अनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको विषय उठाएको विप्लव निकट स्रोतले जनाएको छ ।

विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । उक्त भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भँदै सरकारको ध्यानाकर्षण गराउन गएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया