रणधिर बने सर्वोत्कृष्ट मोडल

काठमाडौं । एक दशकदेखि व्यावसायिक र्याम्प मोडलिङ गर्दै आएका रणधिर शाहले राजधानीमा हालै आयोजना भएको ‘नेसनल इन्टरटेनमेन्ट अवार्ड’ मा ‘सर्वोत्कृष्ट फेसन मोडल अवार्ड’ जितेका छन् । क्रिएटिभ इनसाइट मिडियाले आयोजना गरेको कार्यक्रममा उनले यो अवार्ड हात पारेका हुन् । अवार्ड पाएपछि उनले अवार्डले फेसन क्षेत्रमा अझ राम्रो काम गर्न प्रोत्साहन दिएको बताए ।

रणधिरले द ¥याम्प मोडलिङ एजेन्सीकी कोरियोग्राफर जयन सुब्बा मानन्धर र अर्का कोरियोग्राफर रोजिन शाक्यबाट फेसनसम्बन्धी शिक्षा लिएका छन् । उनी ‘मोडल अफ द इयर’ को प्रतिस्पर्धीसमेत हुन् । म्युजिक भिडियो, फेसन सो तथा चलचित्रमा व्यस्त रणधिर केही समयअघि मात्र होण्डा सर्भिस सेन्टरको प्रमोटरमा नियुक्त भएका थिए ।

प्रतिक्रिया