५ लाख लगानीकर्ता अनलाइन कारोबारमा आवद्ध

काठमाडौं । पाँच लाख लगानीकर्ता अनलाइन कारोबारमा आवद्ध भएका छन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अनलाइनको यूजरनेम र पासवर्ड लिने सेयर लगानीकर्ताको संख्या ४ लाख ९९ हजार ६ सय ९३ जना पुगेको छ । सकृय लगानीकर्ताको संख्या २ लाख ४३ हजार ३ सय ४८ जना रहेका छन् । नेप्सेका अनुसार ६ लाख २७ हजार ६ सय ६२ जना लगानीकर्ता सेयर बजारमा सकृय रहेका छन् । सकृय लगानीकर्तामा अनलाइन अफलाइन दुवै समावेश गरिएको छ ।

नेप्सेका अनुसार सबैभन्दा बढी नाशा सेक्युरिटिजबाट ४८ हजार ४१३ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । त्यस्तै सानी सेक्युरिटिजबाट ३० हजार ८५६ जना, मिदास स्टक ब्रोकिङ कम्पनीबाट २३ हजार ६०५ जना, भिजन सेक्युरिटीजबाट २१ हजार २०९, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट २० हजार ६९६ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । सबैभन्दा थोरै सगरमाथा सेक्युरिटिजबाट ८७१ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएको नेप्सेको भनाइ छ । विश्वब्यापी रुपमा सुरु भएको कोरोनाको महामारीपछि सेयर कारोबार अनलाइनबाट गर्ने क्रम निकै बढेको छ । तत्कालिन समयमा ब्रोकर कार्यालय नखुल्ने भएका कारण घरबाटै अनलाइन कारोबार गर्नु पर्ने भएकोले अनलाइनको यूजर नेम र पासवर्ड लिनेको संख्या निकै बढेको हो ।

नेप्से ६३ अंकले बढ्यो
नेप्से परिसुचक ६३ दशलमव ३८ अंकले बढेर २ हजार ५ सय ३८ दशमव ४६ अंकमा पुगेको छ । नेप्सेमा सबै समूहका परिसूचक बढेको छ । लघुवित्त कम्पनीको लाभांश घोषणाले लगानीकर्ताको आकर्षण बढेको छ । लघुवित्त कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरै बढेको छ । लघुवित्त समूहको समग्र परिसूचक ५ दशलमव ७ प्रतिशतले बढेको छ ।

त्यस्तै होटल र टुरिजम क्षेत्रको परिसूचक पनि ५ दशलमव ३६ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशमलब ९८ प्रतिशतले बढेर १ हजार ४ सय २१ रुपैयाँमा कारोबार भएको छ । निर्जीवन बीमा र जीवन बीमा दुवै समूहको परिसूचक क्रमशः ४ दशमव ५९ प्रतिशत र ४ दशलमव ४४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया