जाल्पा सामुदायिक लघुवित्तको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । सोसम्बन्धी सम्झौतामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले संस्थाको प्रधान कार्यालय सिमलाचौर, पोखरामा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

जाल्पा सामुदायिक लघुवित्तले हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । उक्त शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १६ करोड हुनेछ ।

प्रतिक्रिया