अर्थबजार

बढ्यो सुनको मूल्य

सौर्य अनलाइन २०७७ चैत ८ गते ११:५३ मा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रति तोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय