कविता ‘इजलास’

अनिल श्रेष्ठ

म दास हुँ

तर
म आफूलाई ‘दास हुँ’
कदापि यस्तो भन्न सक्दिन

किनकि
म दास हुँ

र, म आफूलाई
दास हुँ भन्ने स्वतन्त्रता
यो संविधानले मलाई
दिएको छैन

म दास हुँ

र म आफूलाई यस्तो भन्न
यो कानुनले पनि मलाई कतै
छुट दिएको छैन

त्यसैले
म दास हुँ

श्रीमान
म आफूलाई दास हुँ भन्न
आज यो कठघरामा
उभिएको छु

यो इजलासप्रति
मानहानी भए
म दोषीलाई कडा सजाय पाऊँ ।

आँबुखैरेनी, तनहुँ

प्रतिक्रिया