माधव नेपालले भने ‘हामी पार्टी एकताकै पक्षमा छौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । आज अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने पक्षमा नभएको स्पष्ट पारे ।

उनले आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कन परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा तयार नहुँदा समस्या देखिएको बताए ।

नेपालले भने, ‘पूर्व एमालेको ठाउँमा फर्किऔ, कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन, पार्टी एकताबद्ध बनाएर लैजाने हो, २०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए, एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुन जुन संरचना थिए, जो–जो पदाधिकारी, सदस्य थिए, ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ, पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्दैन ।’

प्रतिक्रिया