सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा पाँचजना समातिए

जनकपुर । सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४, भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको हो । प्रश्नपत्र आउट गरी भैरवचोकस्थित एक फोटोकपी पसलमा फोटोकपी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको मिश्रले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात् सबैको नाम सार्वजनिक गरिने उनको भनाइ छ ।

प्रतिक्रिया