अर्थबजार

घट्यो सुनचाँदीको मूल्य

सौर्य अनलाइन २०७७ चैत ६ गते १२:१० मा प्रकाशित

काठमाडौं । शुक्रवार (आज) नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । भने आज छापावाला सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।

बिहीवारको तुलनामा शुक्रवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ९० रहेको थियो । त्यस्तै आज मूल्य गिरावट आइ प्रतितोला १२ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय