‘जुठे’ प्रसारणमा

काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण गरिएको ‘जुठे’ सिरियल हिमालय टिभीमा बेलुकी ८ बजेबाट प्रसारण हुन थालेको छ । बुधबारदेखि प्रसारण हुन थालेको यो सिरियलको पहिलो भागलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएको टिभीले जनाएको छ ।

राजु पौडेल र मरिचमान श्रेष्ठ निर्देशन गरिरहेको यो सिरियल दलित मुक्ति आन्दोलन र उत्पीडनको विषयमा केन्द्रित छ । यस सिरियलमा कलाकार रवि गिरी, रामबाबु रेग्मी, मरिचमान श्रेष्ठ, विद्या कार्की, मुकुन्द मैनाली, राजु पौडेल, लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने यस सिरियलमा रविन भट्टको सम्पादन छ ।

प्रतिक्रिया