अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको सात महिने अवधिमा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता ७१ दशलमव ५ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको सात महिनामा १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ८७ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुगेको हो । उक्त प्रतिबद्धता मध्ये अनुदान सहायता ९ दशलमव ७ प्रतिशत र ऋण सहायता ९० दशलमव .३ प्रतिशत रहेको छ । त्यस्तै द्धिपक्षीय सहायता ३ दशलमव ३ प्रतिशत र बहुपक्षीय सहायता ९६ दशलमव ७ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायता प्रतिबद्धतामा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८ दशलमव ८ प्रतिशत, उर्जा क्षेत्रमा २४ दशलमव ६ र बजेटरी सहायताको रुपमा १२ दशमलव.६ प्रतिशत प्राप्त भएको उल्लेख छ ।

माघ महिनासम्ममा सरकारले ७ अर्ब ४६ करोड अनुदान र २५ अर्ब ३९ करोड ऋण गरी ३२ अर्ब ८५ करोड वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी सडह तथा सुशासनमा ५४ अर्ब रुपैयाँ रहेको छ । यो भनेको समग्र प्रतिद्धताको २८.८ प्रतिशत हो । त्यस्तै दोस्रोमा उर्जा क्षेत्र रहेको छ । उर्जामा ४६ अर्ब १४ करोड ५० लाख रुपैयाँ अर्थात २४ दशमलब ६ प्रतिशत रहेको छ । बजेटरी सहायतामा २३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कुल सहायताको १२ दशमलब ६ प्रतिशत बजेटरी सहायतामा रहेको छ । त्यस्तै सहरी विकासमा १७ अर्ब ७६ करोड ३० लाख र क्षमता विकासमा १७ अर्ब ७६ करोड ३० लाख रुपैयाँ रहेको छ । मन्त्रालयका अनुसार खानेपानी तथा सरसफाइको क्षेत्रमा ५ अर्ब ८९ करोड ३० लाख, शिक्षामा ४ अर्ब ४६ करोड २० लाख, स्वास्थ्यमा ३ अर्ब ४० करोड २० लाख, वन तथा वातावरणमा १ अर्ब ७५ करोड, कोरोनाको लागि १ अर्ब ३२ करोड ४० लाख र पुनर्निर्माणको लागि ६० करोड रुपैयाँ रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया