ओलीले बोलाएको दलको बैठकमा नेपाल–खनाल समूहका सांसद पनि जाने

काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा  रहेका सांसदहरु पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा बालुवाटार जाने भएका छन् । उनीहरु ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन् ।

ओलीले अहिले ११ बजे बैठक बोलाएका छन् । स्थायी कमिटीमा रहेका सदस्यहरुबाहेक सबै सांसदहरु बालुवाटार जाने सांसद दीपकप्रकाश भट्टले जानकारी दिए । नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा हिजोेदेखि सुरु भएको छ ।

प्रतिक्रिया