फिदिममा बजाजको नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराजहुलासचन्द एण्ड कम्पनीले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स’ प्रालिको उद्घाटन गरेको छ । नेपालमा सबै भन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन समृद्धि एण्ड ब्रदर्सका प्रोपराइटर संजिवजोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकलाई गुणस्तरीयर छिटो सुविधा पु¥याउने पनि जनाएको छ ।नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया