तोलामा ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । पछिल्लो तीनदेखि स्थिर रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंया बढेर प्रतिताला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज नेपाली बजारमा ८६ हजार ४५० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मुल्य भने आज घटेको छ । बुधबार चाँदीको मुल्य तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया