रोल्पामा ग्लोबल आइएमईको शाखा विस्तार

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखा रहित बैंकिग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिग सेवा संख्या २ सय ५५ पुगेको छ । बैंकले रोल्पाको सुनिल स्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखा रहित बैंकिग सेवा सञ्चालनमा आएका छन् । घोडा गाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
शाखा रहित बैंकिग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैकले ति स्थानमा शाखा रहित बैंकिग सेवा शुरु गर्ने गरेको छ । बैकले मुलुकभर तथा मुलुक बाहिर बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५५ शाखा रहित बैंकिग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया