बालुवाटारमा एमाले ओली पक्षको चियापान कार्यक्रम सुरु, नेपाल पक्षद्धारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य र सांसदहरूका लागि मंगलवार चियापान कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरिएको हो ।

७ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा ओलीले चियापान आयोजना गरेका हुन् । चियापानका लागि नेताहरू आउन शुरू गरेको केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले भने मंगलवारको चियापान बहिस्कार गरेको छ । अध्यक्ष ओलीसँग बुधवार भएको वार्तामा सहमति जुट्न नसकेपछि नेपाल पक्षले चियापान बहिस्कार गरेको हो । नेपाल पक्षले भोलि र पर्सिका लागि कार्यकर्ता भेला आयोजना गरेको छ । सोमवारको भेटमा ओलीले कार्यकर्ता भेला स्थगित गर्न माग गरेपनि नेपाल पक्षले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया