भोलि प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौं । भोलि (मंगलबार) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त प्रतिनिधिसभा बैठकको लागि आजै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यक्रम रहेको सार्वजनिक कार्यसूचीमा उल्लेख छ ।

त्यसपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ बताइएको छ । सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया