‘फागुन २८ को बैठक वैधानिक छैन, शून्य अवस्थामा पुर्‍याइदिऔं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा राख्नुपर्ने बताएका छन्। सोमबार बैठकबाट बाहिरिएपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफूले राखेको विषय प्रधानमन्त्री ओलीलाई स्वीकार्य नभएको प्रतिक्रिया दिए।

‘हामी एउटै हौं’, उनले भने, ‘पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऔं, उनले भने,’ सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं भन्दा त्यो स्वीकार्य भएन।’ नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल पक्षबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निष्कर्ष भने केही निस्केको छैंन।

प्रतिक्रिया