सुनको भाउ स्थिर, चाँदीको सामान्य बृद्धि

काठमाडौं । आज सोमबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यता, हिजो स्थिर रहेको चाँदीको मूल्य भने आज सामान्य बृद्धि भएको छ । हिजो सोमबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २७५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया