कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। दिउँसो २ बजेका लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

गत फागुन २३ गते पुनस्स्थापित प्रतिनिधिसभाको पहलो बैठक बसेको थियो। त्यसपछि फागुन २६ गते दोस्रो बैठक बसेको थियो। तर, कार्यव्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेको थिएन। सत्तारूढ दलभित्रको किचलोको असर संसद्‍मा परेको छ।

प्रतिक्रिया