कसरी उकास्ने हाम्रो अर्थतन्त्र ?

शकुन्तला आचार्य

मालिक र श्रमिकबीचको समस्या त्यस्तै डरलाग्दो छ । सामाजिक सुरक्षा कोषसम्बन्धी ऐन कार्यान्वयन गर्न मालिक तयार छैनन् । बरु विदेशबाट कामदार ल्याउन तयार छन् । नेपालमा करिव ६ लाख विदेशी कामदार छन् । भारत र बंगलादेशबाट श्रमिक ल्याएर यहाँ उद्योग खोल्नुको कुनै अर्थ छैन । १ सय ८० दिनसम्म कामदारलाई परीक्षणकालमा राख्ने र त्यसपछि स्थायी गर्ने व्यवस्था सरकारले गरेपछि मालिकहरूले विदेशबाट कामदार ल्याउन थाले ।

नेपालको वर्तमान आर्थिक परिसूचक कमजोर छ भन्ने कुरा सरकार र अन्तर्राष्ट्रिय निकायले सार्वजनिक गरेको प्रतिवेदनले छर्लंग पारेको छ । विश्व बैंकले आफ्नो प्रतिवेदनमा यही कुरा उल्लेख गरेको छ । अर्थतन्त्र उकास्ने पहिलो कडी भनेकै रोजगारीको सिर्जना हो । तर, रोजगारी सिर्जना कसरी गर्ने ? भन्ने सन्दर्भमै मुलुकका नीति निर्माता अलमलिएका छन् । रोजगारी सिर्जनाका लागि लगानी बढाउनुपर्छ । राज्यको आम्दानीले कर्मचारी पाल्न ठिक्क छ । बैैदेसिक सहयोग आउन छाडेको छ । स्वदेशी निजी क्षेत्र लगानीका लागि हच्किएको छ । अन्तर्राष्ट्रिय लगानी आउने वातावरण छैन ।
बैदेसिक रोजगारीले अहिलेसम्म मलुकको अर्थतन्त्र धानिएको छ । तर, कोभिडको महामारीपछि वैदेशिक रोजगारमा गएका युवा फर्किएका छन् । करिब साढे चार लाख युवाशक्ति रोजगारीका लागि प्रत्येक वर्ष तयार हुन्छ । उनीहरूलाई विदेश नै पठाएर रेमिट्यान्स भित्र्याउने र त्यसैमा रमाउने हो भने मुलुकको हालत दीर्घकालमा झन् खराब हुनेछ । रोजगारी यहीँ सिर्जना गर्ने, लगानी यहीँ बढाउने र व्यापार घाटा घटाउने हो भने त्यसका लागि सर्वदलीय प्रयास जरुरी छ । यथास्थितिमा औद्योगिकीकरणको संभावना छैन । हाम्रो औद्योगिकीकरणका लागि धेरै अवसर छन् । त्यसका लागि वातावरण सहजीकरण गर्ने गरी काम गर्नुपर्छ ।
आजको भौलि नै औद्योगिकीकरण संभव नहोला तर कुनै पनि काममा सुधार भनेको निरन्तरको प्रक्रिया हो । देशको आवश्यकताअनुसार नीति परिमार्जन गर्दै जानुपर्छ । पहिले १८ घण्टा लोडसेडिङ थियो । आज बिजुली प्रर्याप्त छ । अहिले सस्तोमा भारतमा बिजुली बेच्नभन्दा यहीँको उद्योगलाई बिजुली दिएर औद्योगिक वातावरण बनाउनुपर्छ । यहीँ सस्तोमा बिजुली दियो भने उत्पादन लागत घट्छ र आपूर्ति सहज हुनुका साथै निर्यात बजार पनि बढ्छ । केही कुरामा पहिलेभन्दा सुधार भएका छन् । तर ढिला सुस्तीको समस्या हट्न सकेको छैन । कुन काम कति दिनभित्रमा सक्नुपर्ने हो, त्यसको समयरेखा बनाउनुपर्छ । तोकिएको दिनमा काम नगर्नेलाई कारबाही हुनुपर्छ । काम नगर्नेलाई कारबाही भएन । कुन काम कहिले गर्ने भन्ने अग्रिम तय गर्नुपर्छ । लगानी बढ्न अनुकूल राजनीतिक परिस्थिति चाहिन्छ । हाम्रोमा स्थिरता आयो, स्थिर सरकार बन्यो भनियो तर त्यो तीन वर्षमा नै भताभुंग भयो । जलविद्युत् मुलुकको राम्रो आर्थिक स्रोत हो, तर उत्पादन भयो, उपभोग भएन भने काम छैन ।
अहिले पनि हामीले तथ्यांक हे¥यौँ भने पुँजी निर्माणमा योगदान दिने वस्तुको आयात बढेको छैन । केही उपभोग्य वस्तु र केही मूल्य अभिवृद्धि हुने वस्तुको आयात बढेको छ । हामीसँग औद्योगिक कच्चा पदार्थ छैन । उत्पादनमा जोड दिने वस्तुकै आयात कम हुँदा अर्थतन्त्र कसरी लयमा पुग्न सक्छ ? यति हुँदाहुँदै पनि हाम्रो मुलुकमा प्रसस्त उद्योग चलाउन सकिने संभावना छ । नेपालमा धेरै यस्ता क्षेत्र छन् जसको शतप्रतिशत कच्चा पदार्थ यहीँ पाइन्छ । जलविद्युत् आयोजना । खनिज र जडिबुटीजन्य उद्योगलाई लिन सकिन्छ । पर्यटनमा हामी विश्वकै अब्बल छौँ । संसारका धेरै पर्यटकीय देशभन्दा राम्रा डाँडा र ताल हाम्रो देशमा छन् । हामीले पूर्वाधार बनाएर बेच्न नसकेको मात्रै हो । निजी क्षेत्र र सरकार मिलेर यसमा काम गर्न सकिन्छ । जबसम्म नीति निर्माताले सहयोग गर्दैनन्, तबसम्म निजी क्षेत्र अघि बढ्न सक्दैन ।
अर्को कुरा हाम्रोमा स्वास्थ्य र शिक्षाको पर्याप्त संभावना छ । नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ । स्वास्थ्य उपचारको हब हुन सक्छ । बाहिरबाट पैसा खर्च गर्न सक्ने नेपाल आएर पढ्छ । लगानी गर्ने पनि त्यस्तै हो । सोचेर लगानी गर्न आउँछ । हल्लाको भरमा त कोही आउँदैन नि । यसमा देशले नेतृत्व लिनुपर्छ । वातावरण बनाउनेतर्फ लाग्नुपर्छ ।
यतिबेला नेपालमा ब्याजदर कम छ । व्याजदर कम हुनु भनेको व्यवसायमा लगानी बढाउने अवसर हो । कोभिड–१९ का कारण आएको आर्थिक शिथिलतामा गतिशीलता प्रदान गर्ने काम न्यून व्याजदरले गरेको छ । उत्पादन लागत घटाउने कुरा या सहज आपूर्तिको व्यवस्था मिलाउने कुरामा न्यून ब्याजदरले सहयोग गरेको छ । अहिलेको कम ब्याजदरले नै लगानी बढाउँछ भन्ने होइन । तर, यो एउटा संकेत हुन सक्छ । विगतमा वार्षिक चार सय वटा उद्योग दर्ता भइरहेका थिए । चार सय वटामा नै रमाइलो मान्ने हो भने त एउटा कुरा भयो । होइन भने केही त सोच्नुप¥यो नि ! हामीले विगतमा जसरी सोचिरहेका थियौँ, विगतमा जसरी हिँडिरहेका थियौँ त्यो सोचमा परिवर्तन गरौँ । नयाँ उद्योगीलाई लगानी गर्न अभिप्रेरित गरौँ, रोजगारी सिर्जनाका लागि काम गर्नेलाई उत्साहित गरौँ ।
कुन वस्तुमा के संभावना छ, कुन वस्तुमा कसरी आत्मनिर्भर हुन सकिन्छ र नेपालमा त्यसको संभावना के छ भनेर सर्वप्रथम सूची नै तयार गर्नुपर्छ । यसका लागि विज्ञहरूलाई लगाएर अनुसन्धान गर्नुपर्छ । आत्मनिर्भर हुने मात्रै नभनी एसेम्बलिङ उद्योग चलाउन सकिन्छ । एसेम्बल उद्योग सञ्चालन गरेपछि त्यसलाई ‘ब्याकवार्ड’ र ‘फर्वार्ड’ उद्योगमा जोड्न सकिन्छ । आज जापानको कुरा गरौँ या दक्षिण कोरिया, उनीहरूले पनि सुरुमा एसेम्बल गरेका हुन् । नेपालमा पनि एउटा उदाहरण देख्न सकिन्छ । नेपालमा सुरुमा सिमेन्टको ग्रान्डिङ उद्योग थिए । उदयपुर र हेटौंडा सिमेन्टबाहेक सबैले क्लिंकर आयात गरेर ग्रान्डिङ गर्ने गरेका थिए । अहिले प्रायः सबै उद्योगहरूले आपैmँ क्लिंकर उत्पादन गरेर सिमेन्ट उद्योग चलाइरहेका छन् । नेपालमा चुनढुंगाको पर्याप्त संभावना छ । पहिले वार्षिक ३० अर्ब रुपैयाँसम्मको क्लिंकर आयात हुन्थ्यो । अहिले त्यो एक÷दुई अर्बमा घटेको तथ्यांकले देखाउँछ । अहिले हाम्रो मुलु्क सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । अहिले पनि सरकारको पुँजीगत खर्च अत्यन्त न्यून छ । पुँजीगत खर्च न्यून भएका कारण अर्थतन्त्रमा सिर्जना हुने गुणात्मक प्रभाव पर्न सकेको छैन । खर्च किन हुन सक्दैन ? यसको एउटै जवाफ छ, मुलुकका नीति निर्माताहरूको परम्परागत दिमागमा परिवर्तन भएन । कर्मचारीहरूमा जवाफदेहिता भएन । कसैलाई ठेक्का दियो, काम भयो कि भएन, समस्या छ कि, उसले नियत खराब राखेको छ कि ? यसको जवाफदेहिता खोई ? समस्या रहेछ भने तत्काल समाधान गर्नुपर्छ । जति ढिला समाधान ग¥यौँ उति समस्या बढ्छ ।
मालिक र श्रमिकबीचको समस्या त्यस्तै डरलाग्दो छ । सामाजिक सुरक्षा कोषसम्बन्धी ऐन कार्यान्वयन गर्न मालिक तयार छैनन् । बरु विदेशबाट कामदार ल्याउन तयार छन् । नेपालमा करिब ६ लाख विदेशी कामदार छन् । भारत र बंगलादेशबाट श्रमिक ल्याएर यहाँ उद्योग खोल्नुको कुनै अर्थ छैन । १ सय ८० दिनसम्म कामदारलाई परीक्षणकालमा राख्ने र त्यसपछि स्थायी गर्ने व्यवस्था सरकारले गरेपछि मालिकहरूले विदेशबाट कामदार ल्याउन थाले । उनीहरूको भनाइ छ, ‘कामदारले परीक्षणकालमा जति राम्रोसँग काम गर्छ, स्थायी भएपछि उसले उत्पादकत्व घटाउँछ । किनभने स्थायी भएपछि उसले आफूलाई सुरक्षित ठान्छ र काम घटाउँछ । कम्तिमा १० प्रतिशत कर्मचारी हायर र फायर गर्न सक्ने अधिकार हुने हो भने सबैले राम्रो काम दिन्छ । बदमासी गर्नेलाई कारबाही हुने अवस्था हुनुपर्छ । भयले पनि काम गर्ने वातावरण दिनुपर्छ ।’ हाम्रो मुलुकको मुख्य समस्या भनेकै यही हो ।

प्रतिक्रिया