तरलता घट्दो क्रममा नेप्से ५१ अंकले घट्यो

काठमाडौं । बैंकको तरलता घट्न थालेपछि सेयर बजारम संकुचन आउन थालेको छ । सोही कारण साताको पहिलो दिन नेप्सेमा ५१ दशमलव २३ अंकले गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा ३४ अर्ब रुपैयाँ अधिक तरलता छ । राष्ट्र बैंकले बजारबाट करिब साढे ९ अर्ब रुपैयाँ खिचेको छ भने करिब साढे ४३ अर्ब रुपैयाँ अधिक तरलताको अवस्था रहेको छ । कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि बैंकको तरलता बढेर २ खर्बको हाराहारीमा पुगेको थियो ।

सरकारले विभिन्न चरणमा कोभिड विरुद्धको खोप लगाइरहेको हुँदा पनि आर्थिक गतिविधी चलयमान भइरहेको छ । लगानीका अन्य क्षेत्र सुचारु हुने अपेक्षामा लगानीकर्ता सेयर बजारको लगानी रकम अन्य क्षेत्रमा लगाइरहेको हुन सक्ने आकलन लगानीकर्ता यम भुषालको भनाई छ । उनले पुँजी अन्य क्षेत्रमा जान थालेको कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको कारण बजारमा बिक्री चाप बढेको बताए । सरकारले कोभिड रोकथामका लागि लकडाउन जारी गरेपछि आर्थिक क्रियाकलाप खुम्चिएको थियो । सोही कारण लगानीका अधिकांश क्षेत्रहरू प्रभावित भएका थिए । अन्य क्षेत्रमा लगानीको जोखिम बढेपछि लगानीकर्ताहरू सेयर बजारमा आकर्षित भए । बैंकले समेत सेयरमा लगानी गर्नलाई प्रोत्साहन ग¥यो । जसले सेयर बजारलाई कीर्तिमानी उचाइसम्म पु¥याएको थियो ।

मुलुकमा कोभिडविरुद्ध खोप लगाउने क्रम सुरु भएसँगै आर्थिक गतिविधी चलायमान हुन थालेको छ । यसले अन्य क्षेत्रमा पनि कर्जाको माग बढेको छ । अन्य क्षेत्रमा कर्जाको माग कम हुँदा लगानीकर्ता सेयर बजारमा झुम्मिएका थिए । बैंकको ब्याजदरकम सेयर बजार भर पर्ने गर्छ । बैंकको तरलतालाई सेयर बजारमा उपयोग गर्ने केन्द्रिय बैंकको नीतिले नेप्सेलाई उकास्न सहयोग पु¥याएकोमा अधिक तरलतामा कमी हुन थालेपछि वित्तीय प्रणालीमा ब्याजदर वृद्धिलाई कारक तत्व मान्न थालिएको छ । चैत मसान्तमा बैंकले सार्वजनिक गर्ने नयाँ ब्याजदरमा बढेर आउने अनुमान गरेका लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सेयरको बिक्री बढाएको कारण पनि बजार माथी जान नसकेको आकलन गरिएको छ ।

आइतबारको कारोबारमा होटल र जलविद्युत समूह बाहेक सबै समूहका कम्पनीको सेयर मुल्य घटेको छ । त्यसबाहेक जलविद्युत् समूहमा २ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ । सेयर बजारमा गिरावट आएसँगै कारोबारमा समेत कमी आएको छ । आइतबारमा चार अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ६० हजार ९७३ पटकको कारोबारमा ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सेयर कारोबार अपर तामाकोशीको भएको छ । ४४ करोड ५६ लाख १५ हजार ७ सय १३ रुपैयाँ बराबर यसको किनबेच भएको छ । दोस्रो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । २७ करोड ५६ लाख रुपैयाँ बराबर यसको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया