पुँजीबजारसँग राजनीतिक सम्बन्ध

                      नरेन्द्रमान श्रेष्ठ

देशमा भएको हरेक राजनीतिक तरंगले सर्वप्रथम प्रभाव पार्ने भनेको सेयर बजारलाई नै हो । यस पटकको राजनीतिक तरंगले पनि सेयर बजार धेरै नै प्रभावित बनेको छ । राजनीतिक खिचातानी भएसँगै सबैभन्दा पहिले सेयरको मूल्य घट्छ भन्ने पूर्वानुमानका साथ वेच्नेहरूको संख्या बढ्छ, किन्नेहरूको संख्या घट्छ । त्यसैले सेयरको मूल्यमा ह्वात्तै गिरावट आउँछ ।

सेयरबजार र राजनीतिको सम्बन्धलाई लिएर विभिन्न चर्चाहरू हुने गरेका छन् । देशमा हुने ठूला–ठूला राजनीतिक उथलपुथल एवं सरकार परिबर्तनसँग सेयरबजारको अन्योन्याश्रित सम्बन्ध हुने गरेको छ । सरकारमा रहेका दलहरूको फ्ुटले पछिल्लो समयमा राजनीतिक अन्योलता देखाप¥यो । यो अन्योलताले पनि सेयरबजारमा असर पारेको देखिन्छ ।

त्यसै गरी गएको पुस महिनामा प्रधानमन्त्री केपी ओलीले ससद् भंग गरेसँगै मुलुकमा ठूलो राजनीतिक उथलपुथल भयो । यो राजनीतिक उथलपुथल भएसँगै सेयरबजार पनि तरंगित भएको थियो । त्यसो त देशको पुँजीबजारलाई राजनीतिले प्रभाव पार्ने गर्छ । संसद् विघटन गरेकै दिन सेयरबजारमा पहिरो गएको थियो । नेप्से झण्डै ९७ अंकले घटेको थियो ।

सेयरको बजार मूल्य कम्पनीको प्रगति नाफानोक्सानको आधारमा तय हुनपर्ने थियो, तर नेपालको सेयर बजारमा राजनीतिले पनि ठूलो प्रभाब पार्ने गरिरहेको छ । हल्लाले पनि असर गर्ने गरेको छ । सेयरबजारमा लगानी गर्दा केको आधारमा गर्ने ? भन्ने चेतना सर्वसाधारणलाई छैन । कम्पनीको प्रतिवेदन, कम्पनीको आर्थिक सूचांक हेरेर लगानी गर्नुको सट्टा सरकारलाइ हेरेर, सरकारमा रहेका राजनीतिकदलहरू, अर्थमन्त्रीको अनुहार, बजारमा माग र आपूर्तिलाई हेरेर लगानी गर्नेहरू धेरै छन् ।

झण्डै दुईतिहाइ बहुमत नजिकको नेकपाको नेता केपी ओलीको नेतृत्वको एकमना सरकारको कार्यकालको तेस्रो वर्ष कोरानाको बाबज्ुद सेयर बजारमा उल्लेख्य सुधार आएको थियो । प्रधानमन्त्री ओलीले संसद् बिघटनको सिफारिस सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरेकामा राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्त लालमोहर लगाइदिनुभएको थियो ।

यसबाट राष्ट्रपतिको पनि आलोचना भएको थियो । भण्डारी देशको नभएर केवल केपी ओलीको मात्र राष्ट्रपति भइन् भनेर देशभरि चर्चा चलेको थियो । राष्ट्रपति संस्था धेरै नै विवादमा पर्यो । राष्ट्रपति भण्डारी पहिले पनि पटकपटक विवादमा आइसकेकी हुन्, तर अहिलेजस्तो चरम विवादमा भने थिइनन् । ससद् विघटन हुनुभन्दा एक दिनअगाडिसम्म सेयरबजार राम्ररी चलिरहेको थियो । नेप्से बुलिस ट्रेन्डमा जान खोजिरहेको थियो । अचानक प्रधानमन्त्रीले संसद् विघटन गरिदिएको कारणले सेयर बजार अन्योलमा पर्यो ।

त्यसैगरी देशमा संकटकाल लाग्ने भनेर हल्ला चलेसँगै सेयरबजारमा पहिरो नै गएको थियो । त्यसो त प्रधानमन्त्री ओलीले संसद् भंग गरेको प्रकरणलाई विपक्षीहरूले प्रतिगामी कदमका रूपमा स्थापित नै गराइदिए । नागरिक समाजका अगुवा सबैले पुस ५ को काण्ड असंवैधानिक भएको र नेपालको राजनीति अस्थिरतातिर जान लागेको हो भनेर विश्लेषण गरे । जसका कारण सेयर बजारका लगानीकर्ताहरू आत्तिएको देखिन्छ ।

त्यसो त सेयर बजारका लगानीकर्ताहरू चाँडै नै आत्तिने, डराउने गर्छन् । देशमा केही राजनीतिक खिचातानी भएपछि लगानीकर्ताहरू अब सेयरको मूल्य घट्छ कि भनेर आत्तिन थाल्छन् । अनि आफूसँग भएको सेयर सस्तोमा बिक्री गर्न थाल्छन् । यो प्रवृत्ति पछिल्लो समयमा मात्र नभई विगतमा पनि रहेको देखिन्छ । त्यसो त सेयर बजारलाई राजनीतिले त्यति प्रभाव पार्न नपर्ने हो तर पनि राजनीतिले सेयर बजारलाई प्रभाव पार्ने गरिरहेको छ ।

सेयर बजारलाई राजनीतिक अस्थिरता तथा खिचातानीले मात्र नभई सरकारको नीतिनियम निर्देशन अर्थ मन्त्रीहरूको भनाइ, विचार नियामक निकायहरूको नीतिनियम निर्देशनले असर गर्ने गरेको छ । बजारमा सेयरको मूल्य तलमाथि हुनमा कम्पनीहरूको नाफाघाटा मुख्य कारण हुनुपर्ने थियो । सेयरको बजार मूल्य कम्पनीको प्रगति नाफा नोक्सानको आधारमा तय हुनुपर्ने थियो, तर नेपालको सेयर बजारमा राजनीतिले पनि ठूलो प्रभाव पार्ने गरिरहेको छ । हल्लाले पनि असर गर्ने गरेको छ ।

सेयरबजारमा लगानी गर्दा केको आधारमा गर्ने ? भन्ने चेतना सर्वसाधारणलाई छैन । कम्पनीको प्रतिवेदन, कम्पनीको आर्थिक सूचांक हेरेर लगानी गर्नुको सट्टा सरकार, सरकारमा रहेका राजनीतिकदल, अर्थमन्त्रीको अनुहार, वा बजारमा माग र आपूर्तिलाई हेरेर लगानी गर्नेहरू धेरै छन् । त्यसो त राजनीतिक स्थिरता सरकारको नीति निर्देशन ले पनि कतिपय अवस्थामा सेयर बजारमा असर त गर्छ नै, तैपनि राजनीतिसँगै लगानीकर्ताहरूको मनोविज्ञानलाई भने कसरी लिने ? नेपालको मात्र नभई विदेशको सेयरबजारमा पनि राजनीतिले केही असर गर्ने गरेको पनि देखिन्छ ।

पछिल्लो समयमा सेयरबजार बुलिस ट्रेन्डमा लम्किरहेको थियो । त्यहि बेला प्रधानमन्त्री ओलीको सरकारले संसद् भंग गरिदियो । यसकारणले सेयरबजार नै तरंगित भएको थियो । प्रधानमन्त्री ओलीको यो पाइलालाई उनका आसेपासे, लम्पट नेता कार्यकर्ताहरूले बाहेक कसैले पनि रुचाएनन् । पुनर्वहालीपछि पनि यो धङधङी बाँकी नै छ । आमनागरिकहरूले प्रधानमन्त्री ओलीको विरोध गरिरहेका छन् ।

संसद् विघटनको दिन नेप्से ९७ अंकले घट्नु संयोग मात्रै कदापि होइन । तर, कतिपयले राजनीतिक कारणभन्दा पनि सेयबजारमा ‘करेक्सन’ भएको पनि मानेका छन् । यदि सेयरबजार राजनीतिक कारण राजनीतिक अस्थिरताको कारणले भएको भए नेप्से ९७ अंक घटेको दिन नौ अर्ब रकमको कारोबार किनभयो होला त ? भन्नेहरू पनि नभएका होइनन् । यसलाई सामान्य मान्नुपर्ने पनि कतिपयको भनाइ छ ।

कतिपयको भनाइ छ, ‘सेयरबजारमा नेप्से भनेको घटबढ भई नै रहन्छ, यसमा अन्यथा मान्नुपर्ने केही छैन ।’ त्यसो त एकै दिन नेप्से १ सय २३ अंक पनि त घटेको थियो कुनै समयमा । त्यतिबेला राजनीतिक अस्थिरता थिएन । तैपनि राजनीतिक उथलपुथल भए पनि कतिपय लगानीकर्ताहरू आत्तिने डराउने भने गरेका छन् र भोलि नेप्से फेरि घट्छ कि भनेर डरले अलि सस्तोमा भए पनि, घाटा नै भए पनि बेच्ने गरेका छन् ।

राजनीतिक अस्थिरताले, सरकारको कारणले, सरकारमा बस्ने जिम्मेवार व्यक्तिहरूको कारणले सेयरबजारका नियामकको कारणले, नीतिनियमको कारणले, बजारमा चलेको हल्लाको कारणले, इन्साइडर ट्रेडिङको कारणले, कहिले कहिले लगानीकर्ताहरूको चलखेलको कारणले, पनि सेयरबजारमा नकारात्मक र सकारात्मक असर पर्ने गरेका छन् । विगतका इतिहासलाई नियाल्दा पनि धेरै कुरा प्रष्ट हुन्छ ।

विगतमा नेकपा माओवादीको जनयुद्धको कारणले पनि सेयरबजार झन्दै क्र्यास हुन लागेको थियो । त्यसैगरी त्यस बेलाको नेकपा माओवादीको सरकारको पालामा अर्थमन्त्री बाबुराम भट्टराईले सेयरबजार भनेको जुवाजस्तै हो भन्दा पनि सेयरबजारमा ०७२ सालमा आएको भन्दा ठूलो भूकम्प गएको थियो ।

संसद विघटनवादी प्रधानमन्त्री ओलीको बहुमतको सरकारमा अर्थमन्त्री भएको डा. युवराज खतिवडाले सेयरबजार अनुत्पादक क्षेत्र हो भनेको कारणले सेयर बजारले गति लिन सकेन भनेर त्यसबेला निक्कै चर्चा भएको थियो । डा.खतिवडा सेयर बजारप्रति सकारात्मक भएनन् भन्ने पनि त्यसबेला चर्चा नचलेको होइन । डा.खतिवडा अर्थमन्त्री रहेसम्म सेयर बजारले गति लिन सकेन । डा.खतिवडाको कार्यकाल सकिने बेला भएपछि मात्र सेयर बजारले गति लिएको हो ।

राजनीतिक अस्थिरता, सरकारको स्थायित्व, सरकारको नीतिनियम निर्देशनले आर्थिक क्षेत्रमा प्रभाव त पार्छ नै । यसले सेयरबजारमा पनि प्रभाव पार्ने गरेको सरोकारवालाहरू बताउँछन्, तैपनि सेयर बजारमा देशमा राजनीतिक अस्थिरताले लगानी गर्ने वातावरण नहुने सबै क्षेत्रमा अस्थिरता बढ्न सक्ने भएकोले लगानीकर्ताहरूमा अन्योलता छाउन सक्ने बताउँछन् सरोकारवालाहरू । तीन वर्ष यताको राजनीतिलाई हेर्दा नेकपाको झन्डै दुईतिहाइको स्थिर सरकार थियो । राजनीतिक स्थिरता थियो तैपनि सेयरबजारले त गति लिन सकेन । सेयर बजार उकालो लाग्न सकेन ।

प्रतिक्रिया