एमालेभित्र समानान्तर कमिटी बनाउने माधव नेपाल पक्षकाे निर्णय

काठाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र महासचिव बाहेक सबै निर्वाचित पदाधिकारीलाई बर्खास्त गरेपछि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ। आज साँझ नयाँ बानेश्वरमा बसेको सो पक्षको स्थायी कमिटि बैठकले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ। बालुवाटारमा ओलीले गरेको निर्णय अवैधानिक रहेको सो पक्षको ठहर छ।

शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको एक स्थायी कमिटी सदस्यले बताए । ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ ।

प्रतिक्रिया