सत्ता साझेदारीबारे छलफल गर्न बूढानीलकण्ठमा जसपा र कांग्रेसको बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सत्ता साझेदारीबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र जनता समाजवादी पार्टी (जसपा) को बैठक सुरु भएको छ । दुई दलबीच केही समय अगाडिबाट बैठक सुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी र जसपाको तर्फबाट अध्यक्ष महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरू सहभागी भएका छन्।

जसपासँग छलफल गर्नुभन्दा पहिले कांग्रेस पदाधिकारीको छुट्टै बैठक बसेको थियो। जसपाले हिरासतमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने, संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा फिर्ता गर्नुपर्ने सर्तसहित दलहरूसँग सत्ता साझेदारीबारे छलफल गरिरहेको छ ।

प्रतिक्रिया