एमालेको बागमती प्रदेश इन्चार्जमा रामबहादुर थापा

काठमाडौं । नेकपा एमालेको आज बसेको बैठकले पूर्व माओवादी रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापालाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।

आज शुक्रबार एमालेको माधव नेपाल समूह सहभागी नभएको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गरेर २६४ पुर्याएका छन् । एमालेको विधानमा १० प्रतिशतसम्म सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार ओलीले थापासहितका नेतालाई मनोनीत गरेका हुन् ।

पूर्वमाओवादी खेमाबाट गृहमन्त्री बनेका बादलसहित सात मन्त्री एमालेमै रहने निष्कर्षमा पुगेपछि उनीहरूलाई मनोनीत गर्न गरेको हो । बादललाई पार्टी उपाध्यक्षको समेत जिम्मेवारी दिन लागिएको छ ।

प्रतिक्रिया